Prakash Adhikari February 21, 2024

काठमाडौं, ९ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्धको सिरिजको तेस्रो खेलमा नेपालले छैठांै विकेट गुमाएको छ ।

नेपालले छैठौं विकेटको रुपमा कुशल मल्ललाई गुमाएको छ । उनी २६ औ ओभरको तेस्रो बलमा गेहार्ड इरास्मसले फालेको बलमा ब्रासेलबाट क्याच आउट भएका थिए । उनले ५२ बलमा १ चौका र ३ छक्काका मद्दतले ३६ रन बनाएकाक थिए ।

यस पहिले नेपालले पाँचौ विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको थियो ।

आज नेपालका ब्याटरहरुलाई मैदानमा टिक्न मुस्किल परिरहेको छ। शीर्षक्रममा रहेका अनिल साह, देव खनाल र रोहित पौडेल खाता नखोलिकन आउट हुन पुग्दा नेपाललाई गम्भीर धक्का लागेको छ ।

कप्तान रोहित पौडेल २३.२ ओभरमा जेएफ लफ्टि इटनले फालेको बलमा बर्नाड सोल्जबाट क्याच आउट भएका थिए ।

यस पहिले ओपनर आशिफ शेख बर्नाड शोल्जले फालेको बलमा एबीडब्ल्यू धरापमा परेका थिए । उनी उनी ६४ बलमा ८ चौका र एक छक्काको मद्दतले ५८ रन बनाएर आउट भएका थिए ।

यस पहिले आठौं ओभरको अन्तिम बलमा देव खनाल शून्य रनमा आउट हुन पुगेका थिए । उनलाई ज्याक ब्रासेलको बलमा ग्रीनले आउट गरेका थिए ।

त्यसपहिले अनिल साह सातौ ओभरको चौथो बलमा आउट भएका थिए । कुशल भूर्तेल आउट भएपछि ब्याट सम्हाल्न आएका अनिलले एक रन पनि जोडन पाएनन् ।

नामिवियाले त्यस पहिलो ओपनर कुशल भूर्तेललाई सातौ ओभरको दोस्रो बलमा १८ रनमा आउट गरेको थियो । उनी बर्नाड शोल्जको एलबीडब्ल्यू धरापमा परेका थिए ।

अहिले खेल नेपालले ५.२ ओभरमा ३६ रन जोडेको छ ।

नेपालले आज करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् । नेपालले पहिलो खेलमा नामिबिया विरुद्ध ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नामिबिया भने आफ्नो दोस्रो खेलमा डच टोलीविरुद्ध पराजित भएको थियो ।

रोहित पौडेलको कप्तानी रहेको नेपाली टोलीमा आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी प्लेइड. ११ मा रहेका छन भनेआरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, गुलशन झा बेञ्चमा रहेका छन् ।

जेरार्ड एरास्मसको कप्तानीमा रहेको नामिबियाको टोलीमा जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज र जेपी कोट्जे रहेका छन् ।

Share Now