कीर्तिपुर(काठमाडौं), ९ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियासंग भएको आजको खेलमा नेपाल दुई विकेटले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले नेपालमाथि २ विकेटको जित दर्ता गरेको हो। पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिड. गरेको नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा हासिल गरेको थियो।
नामिबियाका लागि कप्तान गेहार्ड इरासमसले बनाएको ५२ रन नै सर्वाधिक रह्यो। खेलमा नामिबियाका जेजे स्मिथले ३४ रन, माइकल भान लिड.गेनले ३१ रन, रुविन ट्रम्पम्यानले १६, बर्नाड सोल्ज र निकोलास डाभिनले ८। ८, जाने ग्रीनले ६, जोन निकोल लफ्ति एटनले ५, जाँन फ्राइलिंकले ४ र जेपी कोट्जले ३ रनको योगदान गरे ।
नामिबियालाई रोक्ने क्रममा नेपालका कुशल भूर्तेलले ३ तथा कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १ । १ विकेट लिएका थिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १ सय ६८ रन बनाउँदै अलआउट भएको थियो।
नेपालका ओपनर आशिफ शेख ५८ रन बनाउँदा एलबीडब्लु धरापमा परे भने कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्नै सकेनन्। कुशल मल्ल ३६ रन बनाउँदा क्याच आउट भए। भिम सार्की २६ रनमा बोल्ड आउट भए। कुशल भूर्तेल१८ रन बनाउँदा बेनार्ड स्कचको बलमा एलबीडब्लु धरापमा परे। करण केसी १२ रनमा क्याच आउट भए। दिपेन्द्र सिंह ऐरी ६, सोमपाल कामी ४ रनमा आउट भए। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।
नेपाललाई रोक्ने क्रममा नामिबियाका लागि बेनार्ड स्कल्ट र जान निकोलले समान ४ ।४विकेट लिए। ज्याक ब्रसेल, गेहार्ड इरास्मसले एक एक विकेट लिए।


















