Prakash Adhikari February 24, 2024

काठमाडौं, १२ फागुन । एनआरएनए क्यानडाको पहलमा क्रिकेट क्यानडाले पवित्र समाज सेवालाई नगद र अत्यावश्यक सामग्री सहयोग गरेको छ ।

क्रिकेट क्यानडाका टुर म्यानेजर माइक, मुख्य प्रशिक्षक पुबुदु दासानाईके, कप्तान साद बिन जाफर र टिम क्यानडाका सदस्यहरूले पवित्र समाज सेवाकी अध्यक्ष दीक्षा चापागाईलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रम एनआरएनए क्यानडा, एनआरएनए क्यानडाका उपाध्यक्ष सुरज अधिकारीले पवित्र सेवा समाज र क्रिकेट क्यानडा टोलीसँग समन्वय गर्नुभएको थियो।

काठमाडौंको हायात प्यालेस होटलमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारी, एनआरएनए आईसीसी सदस्य हेम पाण्डे र नेपाली जनता समन्वय समिति क्यानडाका अध्यक्ष बुद्धिप्रकाश ओलीको पनि सहभागिता थियो ।

नेपाल प्रस्थान गर्नुअघि क्रिकेट क्यानडालाई एनआरएनए क्यानडा र अन्य एघार नेपाली संस्थाहरूले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रमको संयोजन एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले गरेका थिए ।

साथै एनआरएनए क्यानडाले क्रिकेट क्यानडालाई नेपाल भ्रमणका लागि ओटावाबाट अनअराइभल भिसा प्राप्त गर्न पनि सहयोग गरेको थियों।

एनआरएनए क्यानडाका उपाध्यक्ष उमेश भण्डारीले ओटावास्थित नेपाली दूतावास र क्रिकेट क्यानडासँग अन अराइभल भिसाका लागि समन्वय गनुभएको थियो ।

Share Now