Prakash Adhikari March 2, 2024

कीर्तिपुर(काठमाडौं) १९ फागुन । नेपालमा भैरहेको नामिबिया, नेदरल्याण्ड्स र नेपाल बीचको टी २० आई त्रिकोणात्मक श्रृखाला अन्तर्गतको आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

नेदरल्याण्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा हासिल गरेको हो ।

यो जित संगै नेपालले सिरिजको फाइनल यात्रा पनि तय गरेको छ। अब नेपालले फाइनलमा पुनः नेदरल्याण्ड्संग खेल्ने छ ।

श्रृखलाको पहिलो चरणमा नेपाल र नेदरल्याण्ड्सले दुई दुई जित हासिल गर्दै ४ ४ अंक जोडेका छन् भने नामिबियाले एक जितसहित २ अंक बटुलेको छ।

आजको खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले ४६, गुल्शन झाले ३८, कुशल भूर्तेलले १२, आशिफ शेखले ८, दीपेन्द्रसिंह ऐरीले ४ र कुशल मल्लले २ रनको योगदान दिए ।

नेपाललाई रोक्नका लागि भिभाम किंगमाले ३ र टिम भन डर गुटेनले १ विकेट लिएका थिए ।
आज कीर्तिपुरस्थित टियु अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० को योगफल बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी, टिम भान डेर गुग्टेनले २४ रन जोड्दा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई–दुई विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

प्रतियोगितामा शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपालाई आजको खेल जित्नुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

Share Now