Prakash Adhikari March 3, 2024

 

कीर्तिपुर(काठमाडौं),२० फागुन । नेपालमा जारी त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालले यस अगावै फाइनलमा स्थान सुरक्षित बनाएको छ ।

खेल आज ीबहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

आजको खेलले पाहुना टोलीबाट फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । आज जित्ने टोलीले फाइनलमा नेपालसँग खेल्नेछ ।

नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंक बटुल्दै श्रृखलाको पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ ।

 

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंक बटुल्दै दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।

Share Now