Prakash Adhikari March 4, 2024

काठमाडौं, २१ फागुन । नेपालको प्रतिष्ठित बाणिज्य बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

आइतबार आयोजित एक विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले पानी पोखरीको नयाँ शाखाको समुद्घाटन गर्नुभएको थियो ।

समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा दिन बैंक सधै अग्रसर रहेको बताउनुभयो । उहाँले बैंकले उच्चस्तरीय, अत्याधुनिक प्रविधि प्रयोग गरी आफ्ना ग्राहकहरुलाई भरपर्दो सेवा दिंदै आएको बताउनुभयो ।

आज उद्घाटन गरिएको शाखासहित एनआईएमबी बैंकको शाखा २ सय ७० पुगेको छ ।

सन १९८६ मा नेपाल इण्डोश्वेज बैंकको नाममा स्थापित यो बैंक सन् २००२ मा यसमा रहेको क्रेडिट एग्रोकोल इन्डोश्वेजको शेयर नेपाली बैंकर तथा लगानीकर्ताले किनेपछि नेपाल इन्भेष्टमेण्ट बैंकको रुपमा नयाँ नामसहित ग्राहकहरुको सेवामा समर्पित रहदै आएको छ । सन्२०२३ को जनवरीमा मेगा बैंकलाई गाभेपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रुपमा सञ्चालन हुँदै आएको यस बैंकले आज सञ्चालनमा आएका सहित २ सय ७० शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

अत्याधुनिक प्रविधि, ग्राहकमैत्री व्यबहार र नयाँ बैंकिड. प्रोडक्टमार्फत ग्राहकहरुलाई सेवा पुर्याउदै आएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले  बैंकले फागुन महिनामा बालाजु र स्वयम्भूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको थियो । त्यसपहिले गत महिना काठमाडौंका अनामनगर र शंखमूल तथा ललितपुरको सात दोबाटो र भैंसेपाटीमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको थियो ।

Share Now