काठमाडौं, २४ फागुन । ज्योति क्यापिटल लिमिटेडले नेपाली सेना दिवस र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क डिम्याट र मेरो शेयर खाता खोल्ने योजना सार्वजनिक गरेको छ ।
क्यापिटलले महाशिवरात्रिको अवसरमा मनाइने नेपाली सेना दिवसको अवसर पारेर “ज्योति क्यापिटल नेपाली सेना सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ भने अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चको अवसरमा “ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ ।
शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी ज्योति क्यापिटलले नेपाली सेनाको सम्मानमा यो योजना ल्याएको जनाएको छ ।
योजना अवधिभर नेपाली सेनाले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनुहुनेछ ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा यो लिंक https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना मिति २०८० फाल्गुण २४ गते देखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।
शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको छ ।
नारी सम्पन्नता नि: शुल्क डिम्याट र मेरो शेयर
ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ ।
शेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि शेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको हो ।
उक्त योजना अवधिभर नेपाली नारीहरु नाबालक देखि साबालक सम्मले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनेछन् । ज्योति क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा यो लिंक https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिनेछ । उक्त योजना मिति २०८० फाल्गुण २४ गते देखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।
हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस ज्योति क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ ।


















