Prakash Adhikari October 27, 2017

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धन नेपाली कांग्रसका लागि चुनौती मात्रै नभएर अवसर समेत भएको बताएका छन् ।

यहि अवसरलाई प्रयोग गर्दै सभापति देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गर्दै कांग्रेसको विजय रोक्न अव कुनै पनि शक्तिले नसक्ने दावी गरे । उनले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विजयी गराउन एकतावद्ध भएर चुनावी अभियानमा जुट्न काँग्रेस नेता, कार्यकर्तालाई निर्देशन पनि दिए ।

शुक्रबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित नेपाल तरुण दलको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाम गठबन्धनविरुद्ध डटेर मुकाविला गर्दै प्रजातन्त्रको रक्षाका लागि गाउँ–गाउँमा पुगेर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले बामपन्थी गठबन्धनले लोकतन्त्रलाई खतरामा पार्ने भएकाले त्यसबाट सचेत रहन पनि जोड दिए ।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि एकतावद्ध भएर अघि बढन तरुण दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले संविधानको मूल मर्ममाथिनै प्रहार गरेकाले पनि संविधानको रक्षा गर्न पनि आगामी निर्वाचनमा काँग्रेस विजयी हुनुको विकल्प नरहेको बताए ।

काँग्रेस महामन्त्री डा। शशांक कोइरालाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्न सक्षम हुने दावी गरे । उनले बामपन्थी गठबन्धनलाई पराजित गर्न पार्टीका नेता कार्यकर्तालाई एकतावद्ध भएर चुनावी अभियानमा लाग्न पनि निर्देशन दिए ।

महामन्त्री कोइरालाले कम्युनिष्टहरुको एकताले लोकतन्त्रमाथि चुनौति थपिएपनि त्यसलाई पराजित गर्न काँग्रेस सफल हुने गरे ।

कार्यक्रममा कांग्रेसका नेता बालकृष्ण खाडले एमाले र माओवादीलाई नेपाल विखण्डन गर्न खोज्ने दलको संज्ञा दिदै उनिहरुलाई अवको निर्वाचनमा नेपालका मतदाताहरुले तेस्रोचोथो पाटी बनाइदिने बताए ।

उनले बाम गठबन्धनप्रति लक्षित गर्दै नेपालमा समाजवादी व्यवस्था कुनै हालतमा सम्भव नहुने बताएका थिए ।

Share Now

Leave a comment.