गाजासिटी(प्यालेष्टाइन), २७ फागुन(बीबीसी) । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार ९६० पुगेको छ । त्यसैगरी ७२ हजार ५२४ जना घाइते भएको पनि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार उल्लेख गरेको छ ।
पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ८२ जना प्यालेस्टाइनीको हत्या भएको छ भने १२२ जना घाइते भएका छन् ।
शुक्रबार रातिदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाइ हमलामा बालबालिका र महिला सहित थुप्रै प्यालेस्टाइनीहरू मारिएका र केही घाइते भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ।
दक्षिणी गाजा पट्टीका खान युनिस र रफाह शहरहरूका थुप्रै घरहरूलाई निशाना बनाएर गरिएको तीव्र हवाइ आक्रमणमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको प्रतिवेदनले जनाएको छ।
गाजापट्टीमा हमास विरुद्ध इजरायलले गरेको निरन्तर आक्रमणबाट व्यापक जनधनको क्षति भइरहेको छ ।
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसक्नुभएको छ । गुठी संस्थान […]
काठमाडौँ, २०असोज:नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । […]
काठमाडौँ, १३ कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताउनुभएको छ। उहाँले आज साँझ सामाजिक सञ्जालमार्फत सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]