ग्लोबल आईएमईलाई विश्वको १००० उत्कृष्ट बैंकमा पार्ने लक्ष्य
काठमाडौं, २९ फागुन । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवम् ग्लोबल बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमईलाई विश्वका उत्कृष्ट १ हजार बैंकभित्र पार्ने लक्ष्य रहेको बताउनुभएको छ ।
उहाँले यो लक्ष्य संभव रहेको उल्लेख गर्दै भन्नुभएको छ, “नेपालमा पनि धेरै पछि खुलेको ग्लोबल बैंक अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा समाहित गर्दै छोटो अवधिमा देशको नम्बर एक बनाउने सफलता मिलेको छ । पूँजीको आकारलाई आधार बनाउदा नगद लाभांश नलिने हो एक दुई बर्षमा नै त्यो स्तरमा पुर्याउन सकिन्छ ।”


















