Prakash Adhikari May 12, 2018

 

नयाँदिल्ली(भारत), २९ बैशाख । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दनको क्रममा नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीले आइपीएलमा अनुबन्धित नेपालका पहिलो र युवा खेलाडी सन्दीप लामिछानको मुक्त कण्ठले प्रशंसा गरेकै दिने सन्दीपलाई उनी आबद्ध दिल्ली डेयर डेभिल्सले रोयल च्यालेञ्जर्स बंगलोर विरुद्धको खेलमा मैदानमा उतारेको छ ।

खेलमा डेब्यू गरेको दिनमा उनले पहिलो विकेट पनि लिएका छन् ।

दिल्लीको फिरोज शाह कोटला खेल मैदानमा भएको प्रतियोगितामा संदीपले दोस्रो ओभरको चौथो बलमा  पार्थिव पटेललाई आउट गरेका हुन् ।

आजको खेलमा टस जितेर बैगंलोरले फिल्डिङ रोज्दै दिल्लीलाई ब्याटिङको निम्तो दिएको छ।खेलको पहिलो पारिमा दिल्ली डेयर डेभिल्सले ४ विकेटके क्षतिमा १८१ रन जोडेको छ ।

सन्दीपलाई दिल्लीले आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो। उनले बैंगलोरविरुद्धको खेलमा दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका हुन्।

यसअघि देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा सन्दीपले दिल्ली डेयरडेभिल्सको पहिलो रोजाइमा पर्दै शनिबार आइपिएलमा डेब्यू गरेका हुन्।

११ खेलमध्ये ८ खेलमा पराजित भएको दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने गणीतिय रुपमा मात्र सम्भव छ।

यस सिजनमा दिल्ली प्लेअफमा पर्न संघर्षरतस् छ। उसको गणितिय हिसाबले प्लेअफमा पर्ने सम्भावन अझै जिवितै छ। यसका लागि उसले आगामी खेलहरूमा फराकिलो जित हासिल हात पार्नुपर्ने छ।

सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका थिए।

Share Now

Leave a comment.