Prakash Adhikari March 29, 2024

 

कीर्तिपुर(काठमाडौं), १६ चैत्र । नेपालको टीम ए र आयरल्याण्ड वुल्भ्सबीच भएको आजको खेलमा नेपालले जितको लागि २ सय २३ रनको विशाल लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपाल ए टोलीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।

वुल्भ्सको लागि पिटर मोरले ४९, केड कार्मिचेल र निल रकले ३८।३८, स्टेफन दोहेनीले ३४, गरेथ डेलिनीले ३०, गाभिन होवेले १८ र रोस एडेरले २ रनको योगदान दिए ।

वुल्भ्सलाई रोक्ने क्रममा नेपालका लागि कमल सिंह ऐरिले ३ विकेट लिए भने सागर ढकाल र आरिफ शेखले समान एक एक विकेट लिए।

अहिले नेपालको इनिड. चलिरहेको छ । नेपालले ५ ओभरको अन्त्यमा ३७ रन जोडेको छ ।

Share Now