काठमाडौं, १८ चैत्र । आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठक सम्पन्न भएको छ । बैठकले महालेखा परीक्षकमा नेपाल सरकारका सचिव तोयम रायालाई सिफारिस गरेको छ।
हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहनुभएका राया पूर्वअर्थसचिव पनि हुनुहुन्छ ।
संसदीय सुनुवाइबाट अनुमोदन भएमा उहाँ महालेखा परीक्षकमा राष्ट्रपतिबाट नियुक्त हुनुहुनेछ।
एमालेसहितको नयाँ सत्ता गठबन्धन बनेपछि आइतबार पहिलोपटक परिषद्को बैठक बसेको थियो।
बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसहित सदस्यहरू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता शेरबहादुर देउवा र प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको सहभागिता रहेको थियो।


















