कीर्तिपुर(काठमाडौ), २१ चैत्र । नेपाल ए र नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए बीच आज सुरु भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आयरल्याण्डले नेपाललाई १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्ड वुल्भ्स ५० ओभरको निर्धारित खेलमा ३९ औं ओभरमा १ सय ५७ रन जोडेर अल आउट हुन पुग्यो ।
खेलमा आयरल्याण्डका केड कार्माइकलले सर्वाधिक ५१ रन, निल रकले ३९, पिटर मूरले २१,स्टेफन दोहनी र जेम्स म्याककोलमले १२, थोमस मायसले ७, गेरेथ डिलेनीले ६ रन, लियम म्याककार्थीले २ जोडे ।
म्याथु हम्फ्रीज र वेन ह्वाइटले खाता खोल्न सकेनन् ।
आयरल्याण्डलाई रोक्ने क्रममा नेपालका कमलले ४, साहव आलम र मौसम ढकालले २। २ तथा रिजन ढकालले १ विकेट लिए ।


















