महेन्द्रनगर, २८ चैत्र । नबिल बैंक लिमिटेडले ‘फारवेस्टर्न कर्पोरेट क्रिकेट’ च्याम्पियनसिपको उपाधि जितेको छ ।
स्टार प्रोडक्सनले आयोजना गरेको फारवेस्टर्न कर्पोरेट क्रिकेट कप प्रतियोगिताको पाँचौं संस्करणको फाइनल खेलमा महेन्द्रनगर मा.वि. लाई ४ विकेटले पराजित गर्दै नबिल बैंकले च्याम्पियन बनेको हो।
प्रतियोगितामा नबिल बैंकका नीरज भट्ट फाइनलको प्लेयर अफ द म्याच घोषित भएका थिए ।
गणेश बहादुर चन्दको कप्तानीमा रहेको नबिल बैंकको टोलीमा विवेक विष्ट,नीरज भट्ट,गोकर्ण सिंह विष्ट, राजीव भट्ट, धरणीधर भट्ट रहेका थिए । टोलीको वैकल्पिक खेलाडीमा नीरज कुमार चटौत र नारायण बहादुर चन्द थिए । कर्पोरेट क्रिकेट ६ ओभरको खेलाईएको थियो।
नबिल बैंकले लिग चरणमा ३ टोलीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । क्वाटर फाइनलमा एनआइसी एशिया बैंक लिमिटेड र सेमिफाइनलमा सानिमा बैंक लिमिटेडलाई पराजित गर्दै नबिल बैंक फाइनलमा पुगेको थियो । पहिलो पटक च्याम्पियन बनेको नबिल बैंक यस अघिका दुई पटक फाइनल पुगेको थियो ।
यस पटक प्रतियोगितामा विभिन्न कर्पोरेट हाउस, बैंक, कलेज, लघुबित्त, सहकारी संस्था र बिमा कम्पनी गरि २१ टोलीको सहभागिता थियो।


















