Prakash Adhikari April 13, 2024

काठमाडौं, १ वैशाख । ओमानमा भइरहको एसीसी प्रिमियर कप २०२४ मा नेपालले आज कतारसँग खेल्दैछ ।

खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान १ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

कतार पहिलो खेलमा हङकङले दिएको २०२ रनको लक्ष्य पछ्याउनेक्रममा २६ रनले पराजित भएको थियो । नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा पूरा गरेको थियो ।

नेपाल र कतारबीच हालसम्म एक मात्रै टी २० आई खेल भएको छ । आईसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १ सय २३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

१० टोली सहभागी यस प्रतियोगिताको विजेताले टी २० एसिया कप खेल्न पाउनेछ ।

Share Now