Prakash Adhikari April 22, 2024

पुल्चोक(ललितपुर), १० बैशाख । क्रिकेटर सन्दीप लामिछानेले पुनरावेदनका लागि पाटन उच्च अदालतमा दिएको निवेदनमा आज सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उनी न्यायका लागि पुनरावेदन गर्दै उच्च अदालत पाटन गएका थिए । जिल्ला अदालत काठमाडौंले उनी बिरुद्ध जाहेरी दिने युवती नाबालक नरहको ठहर गर्दै यौनसम्पर्क पछि जाहेरी दिएको कारण सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष कैदको फैसला गरेको थियो ।

जिल्ला अदालतको उक्त फैसला बदरको माग गर्दै लामिछाने उच्च अदालत पुगेका गएका थिए । यसअघि अघिल्लो सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दिएको थियो ।

सुरुको जन्मदर्तामा भन्दा पछिल्लो जन्मदर्तामा एक वर्ष उमेर घटाइएको जिल्ला अदालत काठमाडौँले पनि ठहर गरेको छ । सोही आधारमा जिल्ला अदालतले जाहेरवाली युवती नाबालिग नरहेको ठहर गरेको थियो ।

जाहेरवालाका तर्फबाट सरकारी वकिल कार्यालयले उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिएपछि अदालतले जन्मदर्ता गराउँदा दिएको निवेदन नै झिकाउने आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौंले गरेको ठहर अनुसार सन्दीपविरुद्ध जाहेरी दिने युवती नाबालक होइनन् । अदालतले सन्दीपलाई यस प्रकरणमा आफ्ना कुरा सार्वजनिक रुपमा प्रेससंग पनि राख्न दिएको छैन । तर सन्दीप देश बाहिर रहेको बेला गौशाला प्रहरीमा जाहेरी दिएपछि सार्वजनिक भएको सो घटनाका सन्दर्भमा बाहिर आएका समाचारहरुमा आफूसंग सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएकी तिनै युवतीले बन्द शिविरमा प्रशिक्षणमा रहेका नेपाली क्रिकेट टिमका तात्कालीन कप्तान सन्दीप लामिछानेलाई भेटेर कुरा गर्न प्रस्ताव गर्छिन । नगरकोट घुमाउन लैजान अनुरोघ गर्छिन । नगरकोटमा संगै खाजा खाँदा र जाँदा आउदा कुनै प्रतिवाद गर्दिनन् । बेलुका उनी बस्ने होस्टल वा आफन्तकहाँ छोडिदिन्छु भन्दा अबेर भयो, होटलमा बसौं भन्छिन् । भर्खर चिनजान भएको पुरुषसंग एकै कोठामा बस्न राजी हुन्छिन् । संगै रात बिताएपछि भोलिपल्ट हाँसीखुसी संगै बिदा हुन्छिन् । होटल बसाईमा कहिकतै कम्प्लेन गर्दिनन् । आफूमाथि बदमासी गरेको रिपोर्ट गर्दिनन् । उल्टै सन्दीपसंगको भेट र पलहरु अविश्मरणीय भएको सामाजिक सञ्जालमा पोष्ट गर्छिन् । संगै रात बसेको कुरा कसैले थाहापाएपछि अरुको बहकाउमा आएर तीन हप्तापछि प्रहरीमा उजुरी गर्दछिन् ।

यस प्रकरणमा प्रहरीको भूमिका पनि अचम्मको छ । सीपीएल खेल्न क्यारेबियन मुलुक पुगेक सन्दीप जाहेरीको घट्ना सार्वजनिक भएपछि सीपीएल नखेली फर्कन्छु भन्छन् । तर नेपाल प्रहरीले रेडकर्नर नोटिस जारी गर्छ । उनी नेपाल फर्कदै गर्दा एअरपोर्टमा पत्रकार सम्मेलन पनि गर्न दिंदैन । अदालतले पनि उनलाई पीडितलाई सम्पर्क गर्न, पीडित भनिएकी युवतीका आफन्तसंग कुरा गर्न, बिहेबारी वा अन्य कुनै बीचको उपायद्धारा समस्याको समाधान खोज्न अवरोध सिर्जना गरिदिन्छ । उनी पिजडामा पर्दछन् ।

जिल्ला अदालत काठमाडौंले युवतीको उमेर पुगेको ठहर गरेको र घटना भएको भनिएको समयका परिस्थितिजन्य विवरणहरुले उमेर पुगेका युवायुवतीबिचमा एकापसको सहमतिमा नै यौनसम्पर्क हुन गएकोले उनले सफाइ पाउने आधार बलियो छ । अन्नपूर्णा राणाको विरुद्धमा परेको अंश मुद्दामा भर्जिनिटी टेष्टको माग भएकोमा सर्वोच्च अदालतले उमेर पुगेका युवायुवतीका बीच सहमतीमा भएका यौनजन्य क्रियाकलाप दण्डनीय अपराध र अरुको सरोकारको विषय हुन नहुने फैसला गरेको छ ।

Share Now