Prakash Adhikari April 28, 2024

काठमाडौं, १६ वैशाख । इलाम २ को प्रारम्भिक मत परिणाममा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ भने बझाड. प्रदेश सभा  १ (क)को निर्वाचनमा नेकपा एमालेले नेपाली काँग्रेस र नेकपा माओवादीका उमेद्वारलाई उछिन्नुभएको छ ।

इलामबाट प्राप्त प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको छ। उहाँले १ हजार १ सय ५५ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले १ हजार ७२ मत पाउनुभएको छ ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम हुनुहुन्छ । उहाँले ३ सय १३ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले २ सय ११ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ६ मत पाउनुभएको छ।

बझाङमा एमाले ५ सय १० मतले अगाडि

बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ ।

नेकपा (एमाले)का दमन भण्डारीले अहिले माओवादी केन्द्रका जनक बुढासँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

एमालेका भण्डारीले १ हजार ५ सय ५ मत ल्याउनुभएको छ भने नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ९ सय ९५ मत ल्याउनुभएको छ । उहाँहरु बिचको मत अन्तर ५ सय १० रहेको छ ।

कांग्रेसका अविशेक सिंहले ९ सय १८ मत पाउनुभएको छ भने नेकपा (एकीकृत समाजवादी) पार्टीका दिलबहादुर सिंहले ५ सय ७७ मत पाउनुभएको छ । राप्रपाका किशोर खड्काले २० बत पाउनुभएको छ ।

Share Now