काठमाडौं, २२ वैशाख । भारतका प्रधानन्यायाधीश डा.धनञ्जय यशवन्त (डी वाई) चन्द्रचुड नेपाल भ्रमणमा हुनुहुन्छ ।
काठमाडौंमा आज आयोजना हुने किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुन उहाँ नेपाल आउनु भएको हो ।
उहाँ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा शुक्रबार नेपाल आउनुभएको डा. चन्द्रचूडलाई स्वागत गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत विमानस्थल पुग्नुभएको थियो।
शनिबार साँझ नै उहाँले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट्ने कार्यतालिका रहेको छ। शनिबार राति नै प्रधानन्यायाधीश श्रेष्ठले रात्रीभोजको आयोजना समेत गर्नुभएको छ ।
भ्रमण दलमा उहाँकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहनुभएको छ।
उहाँ आइतबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।