कीर्तिपुर(काठमाडौं), बैशाख । नेपालको मैत्रीपूर्ण निमन्त्रणामा आएको वेष्ट एण्डिज ए क्रिकेट टोलीले नेपाल भ्रमण श्रृखलाको अन्तिम तथा पाँचौ खेलमा नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिड. रोजेको पाहुना टोलीले बीस ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको छ ।
वेष्ट एण्डिज एको लागि अलिक अथनाजले ४२ रन, क्याप्टेन रस्टन चेसले ३३, जोन्सन चाल्र्सले २४ , म्याथु फोर्डे २३, कादिम अल्यिने र मार्क देयालले ११ । ११, हेडन वाल्सले ४ , फेवियन एलेनले ३ र गुडाकेश मोटीले १ रनको योगदान गरे ।
वेष्ट एण्डिज एलाई रोकने क्रममा नेपालक सागर ढकाल र सोमपाल कामीले ३ । ३ तथा अभिनास बोहोराले एक विकेट लिए ।


















