Prakash Adhikari May 9, 2024

काठमाडौं, ७ बैशाख । वेष्टइण्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२४ मा सहभागी हुन नेपाली टोली अमेरिका पुगिसकेको छ ।

नेपाली टोली विश्वकप आयोजनास्थलका खेल मैदान र हावापानीमा अभ्यस्त हुन एक महिना पहिले नै अमेरिकी महादेशमा पुगेको हो ।

टी–२० विश्वकपमा नेपाल रहेको समूह र खेल तालिका पहिल्यै सार्वजनिक भैसकेको  छ ।

यस टी २० विश्वकप क्रिकेटमा नेपालसहित २० टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच पाँच टिम रहेका छन् । समूह चरणमा हरेक समूहमा शीर्षमा रहने दुई टोली सुपर–८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

आईसीसी टी २० विश्वकमा नेपालको समूहमा बलिया टिमहरु परेका छन् । नेपाल रहेको समूह डीमा बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् ।

टी–२० विश्वकपका समूह र देशहरु

समूह ए – क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका

समूह बी – अष्ट्रेलिया, इंग्लयाण्ड, नामिबिया, ओमान, स्कटल्यान्ड

समूह सी – अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज

समूह डी – नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका

ICC T20 World Cup 2024: Full Schedule, Groups, Venues, Opening Game - All you need to know - myKhel

खेल तालिका, समय र मैदान

जेठ २२ (४ जुन ) – नेपालविरुद्ध नेदरल्यान्ड्स, राती ९ : १५, ग्रान्ड पेरी स्टेडियम

जेठ ३० (१२ जुन ) – नेपालविरुद्ध श्रीलंका, बिहान ५ : १५, सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम

असार १ (१५जुन) – नेपालविरुद्ध दक्षिण अफ्रिका, बिहान ५ : १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

असार ३ (१७ जुन) – नेपालविरुद्ध बंगलादेश, बिहान ५ : १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जि.सी., सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

West Indies to open against Papa New Guinea as fixtures for historic ICC Men’s T20 World Cup revealed

 

Share Now