काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ।
आज बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई आफ्ना कुरा राख्न दिने निर्णय गरेको हो।
यसअघि संयुक्त संसदीय छानबिन समिति नबनाएसम्म गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न समेत नदिने र संसदको कारबाही अगाडि बढ्न नदिने रणनीति कांग्रेसले लिएको थियो ।
संंसदमा बोल्न दिने तर यस प्रकरणको अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने मागलाई नछोड्ने रणनीति कांग्रेसको छ।
यो समिति नबनाउँदासम्म भने सदनका काम कारबाही चल्न नदिने निर्णय कांग्रेस संसदीय दलले गरेको छ।
संसद्का बर्खे अर्थात् बजेट अधिवेशन आज सुरु हुँदैछ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज दिउँसो २ बजे बस्ने कार्यक्रम छ।


















