काठमाडौं, ३० बैशाख । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरतग विद्यालयलाई सहयोग गरे छ ।
बैंकको धादिङ्ग जिल्लास्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका–६ मा रहेको कालीदेवी आधारभूत विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठन पाठन गराउने तथा कम्प्युटरसँग सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्याउने उद्देश्यले उक्त सामाग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्ने कार्य गर्दै आएको छ ।
सन १९९८ मा पोखरामा क्षेत्रीय बाणिज्य बैंकको रुपमा स्थापना भई सन २००० देखि सञ्चालनमा आएको माछापुच्छ्र्रे बैंक राष्ट्रियस्तरको बाणिज्य बैंकमा स्तरोन्नति भई नेपालभर ग्राहकहरुलाई अत्याधुनिक सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत एनि ब्राञ्च बैंकिड., इन्टरनेट बैंकिड., मोबाइल बैंकिड., सेफ डिपोजिट लकर,पानी,बिजुली र मोबाइल शुल्क भुक्तानी, ३सय ६५ दिन र सन्ध्या सेवा समेत दिंदै आएको छ ।
११ अर्ब ६२ करोड रुपैया भन्दाबढी चुक्ता पूँजी भएको माछापुच्छ्रे बैंकले देशभरका १ सय ६५ शाखा, १ सय १९ शाखारहित सेवाकेन्द्र, १२ एक्टन्सन काउण्टर र देशभर रहेका २ सय १ एटीएम बुथहरुबाट आफ्ना ग्राहकहरुलाई भरपर्दो,विश्वासिलो र छिटोछरितो आधुनिक बैंकिड. सेवा दिंदै आइरहेको छ ।