कीर्तिपुर(काठमाडौं), ५ जेठ, । ललितपुर मेयर्स वुमन्स टी २० च्याम्पियनसिपको फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशसामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरको छ ।
खेलमा टस जितेर ब्याटिड. गरेको एपीएफले २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो ।
एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतले ५० रन बनाइन् ।
ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भइन भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।
एपीएफलाई रोक्ने क्रममा सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एकरएक विकेट लिए ।
अहिले सुदूरपश्चिमको इनिड. चलिरहेको छ । उसले १४.३ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३ रन जोडेको छ ।
ललितपुर मेयर कपमा एपीएफ अपराजित हुँदै फाइनल आएको हो भने सुदूरपश्चिम एपीएफसँग पराजित भएको थियो ।
एपीएफले यसअघि लगातार दुई संस्करणको उपाधि जितिसकेको छ ।


















