लमही(दाङ), ८ जेठ । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । कम्पनीले राप्ती एरिया अन्तर्गत लमही शाखाको आयोजनामा दाङको लमहीमा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो ।
तालिममा प्रशिक्षक सौरभ लोहनीले सहभागीलाई आत्मनिर्भर हुनका लागि अभिकर्ता पेशा उपयुक्त रहेको बताउनुभयो । उहाँले नाम, दाम, सम्मानका साथै व्यक्तित्व विकासका लागि अभिकर्ता पेशा उत्तम विकल्प रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बजार विभाग प्रमुख गणेश चौलागाईले बीमा जगतमा पृथक योजना सहित कम्पनीका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्न र विभिन्न वित्तीय सुचकांकमा अघि रहन कम्पनी आक्रामक शैलीमा लागेको बताउनुभयो ।
साथै, उहाँले अभिकर्ता पेशाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतीका विषयमा सरल एवं सहज टेक्निकहरु रहेको बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिनुभएको थियो। उहाँले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम, सम्मान र सन्तुष्टि आजीवन रहने गरी कार्य गर्न सकिने बताउनु भयो ।
तालिममा १ सय २५ जना भन्दाबढी एजेन्सी मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता लमही शाखा प्रमुख गिरीराज पोख्रेल गर्नुभएको थियो भने स्वागत मन्तव्य प्यूठान शाखा प्रमुख तीर्थराज पोख्रेलले । कार्यक्रमको सञ्चालन दाङ शाखा प्रमुख प्रशान्त महतारा र अभिकर्ता आरती बुढाथोकीले गर्नुभएको थियो ।


















