इटहरी(सुनसरी), ८ जेठ । नेपालको निजी क्षेत्रको अग्रणी इन्स्योरेन्स नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी र मधेश प्रदेशमा उत्कृष्ट काम गर्ने अभिकर्ताहरुलाई सम्मानित गरेको छ।
कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरुलाई सुनसरीको इटहरीमा अवस्थित होटल सोल्टी वेस्टेण्डमा एक विशेष कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।
नेशनल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीूको सभापतित्वमा आयोजना गरिएको सम्मान कार्यक्रममा कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले व्यवसायिक अभिकर्ता उत्पादन र क्षमता विकासमा यस्ता योजनाहरुले प्रभावकारी हुने बताउनु भयो ।
समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादाबाट सम्मानित गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको बताउनु भयो । उहाँले नेशनल रत्नमा नेपालभरबाट उत्साहजनक रुपमा अभिकर्ताहरु छनौट हुन सफल हुनुभएको बताउनु भयो ।
उहाँले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार कोशी र मधेश प्रदेशका अभिकर्ताहरुबाट सम्मान कार्यक्रम शुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी गराउनु भयो ।
कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित केन्द्रिय कार्यालयका प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार बाच्छाना राई लगायत विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
सम्मानित बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतज्यूबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।


















