जनकपुरधाम(धनुषा),११ जेठ। जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अदालतका श्रेस्तेदार कैलाश भट्टराईका अनुसार न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले उहाँलाई अनुसन्धानका लागि ५ हिराशतमा राख्न मा थियो भने सिग गरेको थिाये भने सिरोहियाको तर्फबाट कानुन व्यवसायीहरूले गैरकानुनी धरपकड गरेको र विवाद थुनामा राखिराख्नु नपर्ने खालको भएको भन्दै रिहा गर्न माग गरेका थिए ।
पक्ष विपक्षको बहस सुनेपछि न्यायाधीशले ३ दिन (आइतबारसम्मका लागि) म्याद थप गर्नुभएको हो ।
सिरोहियाको नागरिकता विवरणमा विवाद रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता इन्द्रजित महतोले प्रहरीमा जाहेरी दिएकै आधारमा प्रहरीले एकैपटक पक्राउ पुर्जी जारी गराएर मंगलबार साँझ सिरोहियालाई काठमाडौंमा पक्राउ गरी रातारात गाडीमा चढाएर बिहानपख जनकपुर ल्याएको थियो ।
बुधबार अदालतमा उपस्थित गराउदा उहाँलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइयो । उहाँलाई शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिइएको बताइएको छ ।


















