Prakash Adhikari June 4, 2024

वासिङ्टन डीसी, २२ जेठ (रासस / एएनआई) । जी–सेभेन (सातको समूह) का नेताहरूले मङ्गलबार अमेरिकी राष्ट्रपति बाईडेनले रेखाङ्कित गरेको इजरायलको विस्तृत सम्झौतालाई समर्थन गर्नुका साथै हमासलाई यो सम्झौता स्वीकार गर्न आह्वान गरेका छन् ।

“हामी, सातको समूह (जी–सेभेन) का नेताहरू गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ, गाजामा मानवीय सहायताको पहुँच र दिगो वृद्धि, र इजरायली सुरक्षा र गाजाको नागरिक सुरक्षाको आश्वासन साथै संकटको स्थायी अन्त्य हुने राष्ट्रपति बाइडेनले उल्लेख गरेको विस्तृत सम्झौताको पूर्ण समर्थन गर्दछौ“, जी–७ का नेताहरूले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

“दुई राज्यबीचको सम्बन्ध सुधारका लागि शान्तितर्फको विश्वसनीय मार्गमा हाम्रो समर्थन छ“, उनीहरूले भने। “ यो सम्झौतामा अगाडी बढ्न इजरायल तयार छ र हमासलाई पनि यो प्रस्ताव स्वीकार गर्न आह्वान गर्दछौं“, जी–७ का नेताहरूले विज्ञप्तिमा बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायलले गाजामा हमाससँग चलिरहेको युद्धको युद्धविरामका मार्ग प्रदान गर्ने नयाँ प्रस्ताव प्रस्तुत गरेको घोषणा गर्नुभएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले कतारका अमिरसँग आज बिहान कुराकानी गरी हमासलाई सम्झौता स्वीकार्नका लागि सबै उपयुक्त उपायहरू अवलम्बन गर्न आग्रह गर्नुभयो ।

यस हप्ताको सुरुमा बन्धकको रिहाई र युद्धविराम सम्बन्धमा भएको वार्तामा इजरायलले नयाँ प्रस्ताव प्रस्तुत गरेको नयाँ विचारहरूको विवरण खुलासा नगरी वार्तासँग परिचित एक कूटनीतिक स्रोतले मङ्गलबार सिएनएनलाई बताएका हुन् ।

Share Now