दम्माम(साउदी अरेबिया), २९ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आजपश्चिम एशियाली राष्ट्र यमनसंग भिड्दै छ ।
साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका ११ः४५ बजे सुरु हुनेछ ।
सोही रंगशालामा पाँच दिन अघि भएको पाँचौं खेलमा नेपाल युएई विरुद्ध ४ ० ले नै पराजित भएको थियो । नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ । नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ ।
समूह ‘एच’ मा रहेको नेपालले त्यसअघि पाँचै खेलमा पराजय भोगेको थियो । नेपाल युएईसँग पहिलो खेलमा ४ ० र यमनसँग २ ० ले पराजित भएको थियो ।
त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५ ० र दोस्रो खेल ३ ० ले गुमाएको थियो ।
नेपालले आजको खेलमा अंकको खाता खोल्न चाहन्छ । यस्तै गोलको लागि संघर्षरत नेपाली टोलीले गोलको खाता समेत खोल्न चाहेको प्रशिक्षक अनेसेले साउदी भ्रमणमा जानु अघि बताएका थिए । पछिल्लो खेलमा दुई पटक क्रसबारमा प्रहार गरेको नेपाली टोलीले आज भने गोलको खडेरी तोड्ने लक्ष्य साथ मैदानमा उत्रिने छ ।
नेपाली टोली
गोलकिपरः किरन चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेन्डरस् अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द
मिडफिल्डरस् भरत खवास, लाकेन लिम्बू, मणि कुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई
फरवार्डः जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिक बाबु चौधरी


















