Prakash Adhikari June 12, 2024

काठमाडौं, ३० जेठ । नेपालको शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेर बन्द भएको छ।

गत सोमबारदेखि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार धितोपत्र बजार परिसूचक ६.३७ अंक बढेर २१२१.६२ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ५५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१२ स्टकको १ करोड २९ लाख कित्ता शेयर खरिदबिक्रीबाट ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्से सामान्य अंक बढे पनि यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन गणपति माइक्रोफाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे २४ करोडको शेयर खरिदबिक्री भएको छ भने ग्रीनलाइफ हाइड्रोपावरको करिब २० करोडको शेयर किनबेच भएको छ।

नोल स्टक एक्सचेञ्जले वर्गीकरण गरेको १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रशित बढेको छ। अरु बढेका उपसमूहहरुको वृद्धिदर भने यस दिन १ प्रतिशतभन्दा कम रहेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।

Share Now