काठमाडौं, ५ आषाढ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना वरिष्ठ कर्मचारीहरुका लागि स्वस्थ्य र सन्तूलित जीवन प्रवर्द्धन गर्न यही आषाढ २ गतेदेखि तीन दिवसीय बहुआयामिक प्रशिक्षण सम्पन्न गरेको छ।
काठमाडौंको लाजिम्पाटमा सम्पन्न उक्त तालिम कर्मचारीहरुको व्यक्तिगत एवंम् व्यवसायीक विकाश हूने र कम्पनीको लागि समेत उपयोगी हूने अपेक्षा कम्पनीले गरेको छ । विविध पक्षलाई समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दूबैको व्यवासायीकतामा बृद्धि हूने र कर्मचारीहरुलाई स्वस्थ्य वातावरणमा नवीनतम् ढंगले कार्य गर्न उत्प्रेरित गरी आफ्नो व्यक्तित्व विकासमा प्रेरणा प्रदान गर्नेछ ।
उक्त तालिमको नेतृत्व आर्ट अफ लिभिड. नेपालका कर्पोरेट कार्यक्रम निर्देशक श्री नीभा एम. प्रधानले गर्नुभएको थियो । प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक हुनुहुन्छ, जसको बैंकिड. क्षेत्रमा उच्च व्यवसायीक पृष्ठभूमि रहेको छ ।
कर्जा पोर्टफोलियोहरु प्रबन्ध गर्न र व्यवस्थापन तालिमहरु सञ्चालन गर्न उहाँमा विशेषज्ञता छ । उहाँको विशेषज्ञता र अनूभवले यो कार्यक्रमलाई सफल पार्न बहूमूल्य सहयोग प्रदान गरेको छ । साथै यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक श्री अच्यूत गौतम र श्री सम्झना खरेलले पनि सहयोगी भूमिका निर्वाह गर्नू भएको थियो ।
आर्ट अफ लिभिड.संग यस्ता कार्यक्रमहरु सम्बन्धी चालिस वर्षभन्दा वढि समयावधिको सफल अनूभव रहेको र विश्वभरका लगभग १ सय ८६ देशहरुमा यी कार्यक्रम कार्यान्वयन गरिएको छ । यी कार्यक्रमहरु विश्व स्वास्थ्य संग७नको वेलनेश मोेलडसंग मेल खाने हिसावले तयार गरिएको छ।
यस कार्यक्रमबाट सहभागीहरुलाई रोग र तनावमुक्त गरी समग्र स्वास्थ्य र कल्याणलाई बढवा दिने साथै कर्मचारीहरुमा उनीहरुको मानसिक अवस्था, कार्य सम्पादन, उर्जा स्तर, निर्णय लिने, समय व्यवस्थापनमा उल्लेखनीय सूधारहरु हूनेमा कम्पनी विश्वस्त रहेको छ ।
नीभा एम. प्रधानले भन्नुभएको छ “कर्मचारीहरुलाई प्राथमिकता दिने संस्थाहरुको बढ्दो संख्या देखेर हामी हर्षित छौं । हाम्रो समग्र प्रशिक्षण प्याकेज व्यक्ति र संस्था दूबैको लागि अधिकतम र दिगो फाइदाहरु प्रदान गर्ने हिसावले बनाइएको छ । समय तथा लगानीको अधिकतम परिणामको सूनिश्चित गर्न कार्यक्रम सम्पन्न भए पश्चात् थप तालिम सत्रहरु सञ्चालन गर्न संस्था प्रतिवद्ध छ।”
कार्यक्रमको समापन समारोहमा कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र आर्ट अफ लिभिड. नेपालका अध्यक्ष श्री सिद्धेश्वरकूमार सिंहुको उपस्थिति रहेका थियो ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सफलताको लागि स्वस्थ उत्प्रेरणा आवश्यक भएको जनाउदै आफ्ना कर्मचारीहरुलाई यस्तो उच्च स्तरको तालिम प्रदान गर्न पाउंदा कम्पनीले गौरवान्वित भएको उल्लेख गरेको छ ।


















