फ्याड.फर्ट(जर्मनी) ,७ आषाढ(एजेन्सीं) । इटाली माथि जित हात पार्दै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटाली माथि १(० को जित निकालेको हो ।
स्पेनको एकमात्र गोल दोस्रो हाफको सुरुवातमा आत्मघाती गोल रूपमा आएको थियो । खेलको ५५औं मिनेटमा निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर बल आफ्नै जालीमा पुगेपछि स्पेनले गोल गरेको थियो । सोही गोल जितका लागि पर्याप्त बन्यो ।
समूह बी मा पहिलो खेलमा स्पेनले क्रोएसिया माथि ३-० को जित हात पारेको थियो । स्पेनको २ खेलमा ६ अंक भएको छ । इटाली २ खेलमा ३ अंक सहित दोस्रो स्थानमा छ ।
अल्बानिया र क्रोएसिया समान १-१ अंक सहित क्रमशः तेस्रो र चौथो छन् ।
युरो कपमा शुक्रवार थप तीन खेल हुँदै छन् ।
बेलुका ६ः४५ बजे समूह ई का स्लोभाकिया र युक्रेन भिड्ने छन् । ९ः४५ बजे समूह डी का पोल्यान्ड र अष्ट्रिया भिड्दा राती १२ः४५ बजे सोही समुहका नेदरल्याण्ड्स र फ्रान्स खेल्नेछन् ।
इङ्ल्यान्ड र डेनमार्क बराबरी
युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १(१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
पहिलो खेलमा सर्बिया विरुद्ध १(० को झिनो अन्तरको जित हासिल गरेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन ।
१८औं मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । जोआकिम एन्डरसनलाई चकित लार्दै काईल वालकरले लिएको बलमा उनको क्रस केनको दिशातर्फ पुगेपछि उनले सहजै गोल गरेका थिए ।
३४औं मिनेटमा डेनमार्कले बराबरी गरेको थियो । क्यास्पर ह्युमलन्डले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै डेनमार्कका लागि खेलमा बराबरी गरेका थिए । अन्त्यमा सोही गोलको मद्दतमा डेनमार्कले एक अंक हासिल गर्यो ।
नतिजापछि इङ्ल्यान्डको २ खेलमा ४ अंक भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अंक नै छ भने सर्बियाको १ अंक छ । सर्बिया र स्लोभेनियाले बिहीबार नै १-१ को बराबरी खेलेका थिए ।