Prakash Adhikari June 21, 2024

काठमाडौं, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा शुक्रवार भिडभाड र चहल पहल थियो।

देशका प्रमुख दलका प्रमुख नेताहरू एक पछि अर्को गर्दै रास्वपाको स्थापना दिवसमा सहभागी हुने हतारमा थिए।

उनीहरूलाई स्वागत र बिदाइ गर्न रास्वपाका नेताहरूलाई भ्याइ नभ्याई थियो।

नयाँ शक्ति बनाउने अभ्यास गर्दै अहिले नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहनुभएकका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि शुभकामना दिन पुगेकाहरूको भिडमा देखिनुभएको थियो।

उहाँले सत्ताधारी रास्वपालाई पुराना राजनीतिक पार्टीहरूसँग दीर्घकालीन रूपमा सहकार्य नगर्न सुझाव दिनुभयो।

रास्वपा स्थापना दिवस – अध्यक्ष डा भट्टराई

“पुराना शक्तिहरूसँगको सहकार्यलाई तत्कालको रूपमा कार्यनीतिको रूपमा लिनुपर्छ, वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य र देशलाई साँच्चिकै विकल्प दिने रणनीति बनाउनु पर्छ, त्यस्तो सन्तुलन भयो भने ठिक हुन्छ”, नेता भट्टराईले भन्नुभयो, “नत्र पुरानै शक्तिहरूसँगै बढी नै लसपस गर्न थाल्ने हो भने रणनीतिमा नोक्सान पर्ने र हराउने खतरा हुन्छ।”

सत्ता-यात्रापछि रास्वपाको ‘गति सुस्त’

रास्वपाका महामन्त्री डा। मुकुल ढकालले आफू ३८ वटा जिल्ला पुगेर २०७९ जनाभन्दा धेरैसँग अन्तर्क्रिया गरेर असार ५ गते काठमाडौं फर्किएको जानकारी दिनुभयो।

भ्रमणपछि उहाँले भन्नुभएको छ, “पार्टी जोगाउने वा नजोगाउने, हाम्रो औचित्य के होरु गम्भीर र उच्च संवेदनशील प्रश्नका अगाडी हामी खडा छौँ।”

त्यो कुरा स्वीकार गर्दै आफैमा केही परिवर्तन गरी अघि नबढे गाह्रो दिन सुरु हुने उहाँको टिप्पणी छ।

आरोह र अवरोह विकाशको नियम भएको बताउने नेता बाबुराम भट्टराईले पनि रास्वपाको मूल्याङ्कन गर्दै भन्नुभएको छस् “तर सत्तासँग जोडिएपछि त्यसको गतिमा केही मन्दता आउँछ, त्यो त अलिकति देखिन्छ।”

तर उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले आफूहरू ‘उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट’ रहेको बताउनुभएको छ।

काठमाडौँ , ७ असार :
रास्वपा स्थापना दिवस–सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दोस्रो स्थापना दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय काठमाडौँको वनस्थली चःमतीमा शुक्रबार आयोजित चियापान समारोहमा सहभागी हुँदै । तस्बिर : हरिराम भेटुवाल/रासस

उहाँले शुभचिन्तकहरूलाई आश्वस्त पार्दै सामाजिक सञ्जालमा भन्नुभएको छस् “घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ, तपाईँहरू न चिन्ता लिनुस्, न पिर गर्नुस्।”

तर नेता भट्टराईले आशङ्का गरे जस्तै रास्वपाकै शुभचिन्तक बताउनेहरूले पनि पुराना दलहरूसँगको सहकार्यलाई सहज नमानेको सामाजिक सञ्जालहरूमा बेलाबखत देख्न पाइन्छ।

अध्यक्ष ओलीलाई स्वागत गर्दै सभापति लामिछाने

‘बोल्ड’ निर्णय के हो ?

महामन्त्री ढकालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणालाई पनि उनले जिल्लाहरूमा अन्तर्क्रिया गर्दा पाएको त्यस्तै सुझावपछिको निचोडको रूपमा हेरिएको छ।

“पार्टी जोगाउने हो, नेपाली जनताको आशा भरोसा जगाइ राख्ने हो भने हामीले उच्च सचेतना सहित जोखिम लिएरै भए पनि केही बोल्ड निर्णय गरेर जानपर्छ”, उहाँले भन्नुभएको छ, “मलाई विश्वास छ, हामी त्यस्तो निर्णय गर्न अलिकति पनि हच्किँदैनौँ।”

सरकारबाहिर हुँदा तनहुँ जिल्लाको उपचुनावमा जितेको रास्वपाको सत्तामा हुँदा इलाम उपचुनावमा जमानत समेत जोगिएन।

रास्वपा स्थापना दिवस–अध्यक्ष नेपाल

पार्टी नेता तथा पूर्वमन्त्री शिशिर खनालका अनुसार खास गरी इलामको चुनावपछि सर्वसाधारणको मन बुझेर प्रतिवेदन बुझाउने जिम्मेवारी पार्टी सचिवालयले महामन्त्री ढकाललाई दिएको थियो।

कतिपयले हिजो आफैले चर्को आलोचना गरेका पुराना दलका पुराना नेताहरूसँग सत्ता साझेदारी गर्ने सिलसिला अन्त्य गर्नु पर्ने दबाव रास्वपामा बढ्दै गएको ठानेका छन्।

महामन्त्री ढकालले भनेको ‘बोल्ड’ निर्णय त्यसैतर्फ लक्षित त होइन ?

ढकालले प्रतिवेदन बुझाएपछि पार्टीले औपचारिक रूपमा समीक्षा गर्ने बताउँदै नेता शिशिर खनाल भन्नुहुन्त, “सरकारमा सहभागी भएको विषयमा कतै यो भएन भन्ने छ कतैकतै ठिकै छ भन्ने पनि छ।”

तर तल्लो तहसम्मको साङ्गठनिक संरचनाको बारेमा व्यापक परिमार्जनको कुरा पनि उठिरहेको उहाँको भनाइ छ। त्यसैले महामन्त्रीको प्रतिवेदनपछि ‘बोल्ड’ निर्णय भनेर उहाँले गरेको सङ्केत प्रस्ट हुने रास्वपा नेताहरू बताउँछन्।

स्थापनाको छोटो समयमै देशको राजनीतिको एक मुख्य राजनीतिक शक्ति बनाउने श्रेय पाएका सभापति रवि लामिछाने भने बारम्बार विभिन्न खालका विवादमा फस्न पुग्नुभएको छ।

पार्टीले स्थापना दिवस मनाइ रहँदा सर्वोच्च अदालतभित्र सभापति लामिछानेविरुद्धको एउटा रिट निवेदनमाथि बहस चलिरहेको थियो।

अदालतले लामिछानेको प्रतिकूल हुने आदेश दिएमा रास्वपाको सत्ता यात्रामा बिराम लाग्ने कतिपयको आकलन पाइन्छ।(बीबीसीबाट)

Share Now