आइसीसी टी २० विश्वकप २०२४ः अमेरिकालाई १० विकेटले पराजित गर्दै इङ्ल्यान्ड टी २० विश्वकपको सेमिफाइनलमा
वेष्ट इण्डिज १० असार(एजेन्सी) – अमेरिकालाई पराजित गर्दै इङ्ल्यान्ड आइसीसी टी २० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई हासिल गर्यो। इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्का सहित ८३ रनमा नटआउट रहे । फिल साल्ट २१ बलमा २५ रनमा नटआउट रहे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा १ सय १५ रनमा समेटियो । नितिश कुमारले सर्वाधिक ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रन जोडे । हर्मित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए ।
इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ह्याट्रिक सहित ४ विकेट लिए । स्याम करन र आदिल राशिदले २(२ तथा लियम लिभिङस्टोनले १ विकेट लिए ।
जित पछि सुपर एटको समूह २ मा ३ खेलबाट ४ अंक सँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । समान २(२ खेलमा दक्षिण अफ्रिका ४ र वेस्ट इन्डिजको २ अंक छ । सोमबार बिहान हुने दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलले यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको निर्धारण गर्नेछ । अमेरिका भने विना अंक बाहिरिएको छ ।


















