Prakash Adhikari July 2, 2024

काठमाडौं, १८ आषाढ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्ध अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठ सर्वोच्च अदालतमा न्याय माग्न पुग्नुभएको छ ।

श्रेष्ठले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । यस रिटमा मंगलबारका लागि पेशी तोकिएको छ ।

अध्यक्ष नियुक्तिका लागि मुख्य ५ मा छानिएका श्रेष्ठले यो प्रकृया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

मुख्य ५ मा छानिएका ५ जना मध्ये ३ जना अन्तवार्ता तथा प्रस्तुतीकरणमा सहभागी नभएपछि सरकारले यो प्रकृया रद्द गरेर अध्यक्ष नियुक्तिका लागि पुरानै सदस्य रहेको नयाँ समिति गठन गरेको छ ।

Share Now