Prakash Adhikari July 3, 2024

काठमाडौं, १९ आषाढ ।  सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

सानिमा जिआईसीले हकप्रद निष्काशनको लागि  सिटिजन्स क्यापिटल लिमिटेडलाई  निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्काशनका लागि दुवै कम्पनीबीच सोमबार सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृता सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

Share Now