ड्याल्लास(टेक्सास,संयुक्त राज्य अमेरिका), २२ आषाढ (एजेन्सी) । भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानडाले कोपा अमेरिका २०२४ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
निर्धारित ९० मिनेट १(१ को बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा ३(३ मा सकिएपछि क्यानडाले सडन डेथमा जित हासिल गरेको हो । अब क्यानडाले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।
अमेरिकाको डालासस्थित एटी एन्ड टी रंगशालामा क्यानडाले १३ औं मिनेटमा जेकब साफलबर्गले गोल गरे । जोनाथन डेविडको कटब्याकमा उनले गोल गरेका थिए । दोस्रो हाफमा सलोमन रन्डनले लामो दुरीबाट गोल गर्दै खेल बराबरीमा ल्याए ।
टाइब्रेकरमा क्यानडा र भेनेजुएला दुवैले दोस्रो र चौथो प्रहारमा गोल गर्न सकेनन् । तर सडन डेथमा विलकर एन्जलको पेनाल्टी असफल भएपछि इस्माएल कोनेले गोल गर्दै जित पक्का गरे ।
शनिबार क्वाटरफाइनलमा उरुग्वे र ब्राजिल तथा कोल्मोबिया र पानामा खेल्ने तालिका रहेको छ ।