ककनी(नुवाकोट), २२ जेठ । नेपाल पर्वतारोहण संघले विश्व वातावरण दिवसको उपलक्ष्यमा ककनीस्थित पर्वतारोही स्मृतिृ उद्यानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
मन्त्री मगरले ककनी स्थित स्मृति उद्यानमा वृक्षारोपण गरि कार्यक्रमको शुभाराम्भ गर्नुभएको यियो ।
वृक्षारोपण कार्यक्रममा नेपाल पर्वतारोहण संघ र नेपाल आरोही संघका पदाधिकारी एवम् सदस्य ककनीस्थित सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरु, ककनीस्थित पञ्चकन्या रक्तकाली र धनपाटी महांकाल आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षक र ककनी गाँउपालिकाका जनप्रतिनिधि, सञ्चारकर्मी एवम् स्थानीयबासीको सहभागिता रहेको थियो ।
मन्त्री विना मगरले आजै अन्तराष्टिय पर्वतारोही स्मृति पार्कमा सगरमाथा आरोही तथा नेकपाका नेता स्व. प्रकाश दाहालको स्मृति स्तम्भको पनि शिलान्यास गर्नुभयो । स्व. दाहाल मन्त्री मगरको जीवन साथी हुनुहुन्थ्यो ।
वृक्षारोपण र स्मृति स्तम्भको शिलान्यास पछि आयोजित सभामा मन्त्री मगरले पृथ्वीलाई सबै मानिस र जीवजन्तुको लागि सुरक्षित राख्नको लागि वातावरणको संरक्षण गर्नुपर्ने र वातावरण संरक्षणको लागि बृक्षारोपण र वनजंगलको संरक्षण अनिवार्य भएको बताउनुभयो ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका वातावरण संरक्षण समितिका उपसंयोजक मुना बस्नेतले स्वागत भाषण गर्नुभएकोे थियो ।
संघका सचिव टिकाराम गुरुड.ले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अध्यक्ष लामाले ककनीको स्मृति उद्यानलाई यसको गुरुयोजना अनुरुप सञ्चालन गर्न सो जग्गा नेपाल पर्वतारोहण संघको नाममा दिन मन्त्रिपरिषद्बाट निर्णय गर्न माग गर्नुभएको थियो ।