माले(माल्दिभ्स्), ८ साउन । माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला युवा टोलीले तेस्रो स्थान हासिल गरेको छ।
नेपालले कास्य पदकको प्रतिस्पर्धामा मंगलबार आयोजक माल्दिभ्सलाई ३-० ले पराजित गरेको हो । आजको खेलमा नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको छ।
लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो।
लिग चरणको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३- १ र दोस्रो खेलमा किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो।
किर्गिजस्तानसँग सेमिफाइनल पनि नेपालले ३-० ले नै पराजित भएको थियो।
उपाधिको लागि आजै श्रीलंका र किर्गिजस्तान फाइनलमा भिड्दै छन् ।


















