Prakash Adhikari July 30, 2024

काठमाडौं, १५ श्रावण । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकलाई वन्डरल्यान्ड नेपाल बुङ्‍मतीले उपलब्ध गराउने सेवा मूल्यमा १० प्रतिशत बोनस दिने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्तालाई किक फन वर्ल्ड प्रालिबाट सञ्चालित वन्डरल्यान्ड नेपाल बुङ्‍मतीको सेवा मूल्यमा १० प्रतिशत रकम बोनस स्वरूप प्रदान गर्ने गरी दुवै पक्षबीच समझदारी भएको छ ।

समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ प्रमुख शिखर बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

समझदारी अनुसार बैंकका ग्राहकले वन्डरल्यान्ड नेपालमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाका लागि बैंकका ग्राहकलाई १० प्रतिशत बोनस थप गरी वन्डरल्यान्डले कार्ड उपलब्ध गराउनेछ ।

Share Now