काठमाडौँ, १९ साउनः बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर १ सय ५० जनाको मृत्यु भएको छ ।
विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोश्ी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
विपद्मा ४९ जना बेपत्ता तथा १ सय ७७ जना घाइते भएका छन् भने विपदमा फसेका १ सय ८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बाढीका कारण ३ सय ८४ घर डुबानमा परेका छन् ।
यही जेठ २८ यताका भएका घटनाबाट ४ हजार २ सय १९ घरपरिवार विस्थापित भएका छन् ।