Prakash Adhikari June 10, 2018

 

जुम्ला, जेठ २६ । आज दिउँसो नेपालगंजबाट जुम्लाका लागि उडेको तारा एअरको नाइनएन एइभी कल(साइन भएको ट्वीन-अटर विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। जुम्लाको सदरमुकाम खलंगास्थित जुम्ला विमास्थलमा अवतरणका क्रममा विमानको पाङ्ग्रा पड्केको विमानस्थलका अधिकारीहरुले बताएकाछन्।

पाङ्ग्रा पड्किएपछि विमान अनियन्त्रित भएर धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो। विमानको अघिल्लो भाग पूर्ण रुपमा क्षतिग्रस्त भए पनि विमानमा आगो नलागेको अधिकारीहरूले जनाएका छन्।

चालक दलका तीन सदस्यसहित विमानमा रहेका १८ जना यात्रुहरु सबै सुरक्षित रहेको विमानस्थलस्थित अधिकारीहरूले जनाएकाछन्।

Share Now

Leave a comment.