Prakash Adhikari August 9, 2024

धनगढी(कैलाली),२५ साउन। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते आइतबार दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गर्नुभएको हो।

यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गर्नुभएको थियो । तर, विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

आज पुनः सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमल शाह नियुक्त भएको थियो। उहाँले विश्वासको मत लिन बाँकी रहेको छ।

Share Now