Prakash Adhikari August 13, 2024

काठमाडौं, २९ साउन । लक्ष्मी सन्राइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “सन्राइज फस्र्ट म्युचल फण्ड” र “सन्राइज फोकस्ड इक्विटी फण्ड” नामक बन्दमुखी योजनाहरुको प्रतिफल घोषणा भएको छ ।

योजना व्यवस्थापकको साउन २४ गते बसेको संचालक समितिको १४५ औं बैठकले आर्थिक वर्ष २०८०÷८१ को लागि “सन्राइज फस्र्ट म्युचल फण्ड” का इकाईधनीहरुलाई कर सहित १२.५% प्रतिफल र “सन्राइज फोकस्ड इक्विटी फण्ड” का इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

Share Now