
पोखरा(कास्की), ७ भाद्र । पोखरा महानगरपालिका–१७ मा स्कुलबस दुर्घटनामा परेको छ। न्यू मोडेल सेकेन्डरी स्कुलको बस शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।
आँखा अस्पताल चोकस्थित घारिपाटन भन्ने ठाउँमा बस दुर्घटनामा परेको हो। बाटोको किनाराबाट उछिट्टएको उक्त बस आँखा अस्पतालको गेट नेर पार्किड. गरेर राखेको ट्याक्सीमाथि अड्किएको थियो।
बसमा लगभग २०–२५ जना विद्यार्थी थिए। उनीहरू सबैको सकुशल उद्धार भएको इलाका प्रहरी कार्यालय बैदामका इन्सपेक्टर किरण थापाले जानकारी दिनुभयो ।
चालक सामान्य घाइते भएको रउहाँको अहिले उपचार भइरहेको थापाले बताउनुभयो ।