Prakash Adhikari August 9, 2026

सानेपा(ललितपुर), २४ साउन। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कसैले तर्साएर नतर्सने र थर्काएर नथर्किने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यलयमा आजदेखि आरम्भ भएको कार्यसमितिको बैठकको सुरुआत गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले पार्टी एकताका बारेमा इतरपक्षबाट राखिएका प्रस्ताव र पार्टी फोड्ने तयारीका सन्दर्भमा सो अभिव्यक्ति दिनुभएको हो । उहाँले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिनुभयो । ‘म तर्साएर तर्सिन्न र थर्काएर थर्किन्नँ, यो कुरा सबैलाई जानकारी होस्,’ थापाले भन्नुभयो ।

उहाँले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएर सामना गर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीका कामहरू विधानसम्मत भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ,’ उहाँले भन्नुभयो ।

पार्टीको निर्णयप्रति चित्त नबुझाएका केही व्यक्तिहरू सर्वोच्च अदालत गएको र सुरुमा अदालतले पनि विशेष महाधिवेशनकै पक्षमा निर्णय दिएको उल्लेख गर्दै थापाले भन्नुभयो, ‘अहिले असन्तुष्ट पक्ष पुनरवलोकन निवेदन लिएर जानुभएको छ र अदालतले त्यसको अनुमति दिएको छ। यो न्यायिक प्रक्रियाको एउटा पाटो हो ।’

उहाँलेले अदालतको यो कदमबाट विचलित हुन नपर्ने बताउँदै कांग्रेस अब शानका साथ अदालत जाने र आफ्ना प्रमाणहरू पेस गर्ने उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो, ‘अदालतमा एक पटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ, हामीलाई न्यायालयप्रति विश्वास छ ।’

सभापति थापाले कानुनी लडाइँभन्दा पनि पार्टीका नेता तथा कार्यकर्ताहरूबिचको विश्वास ठुलो कुरा भएको बताउनुभयो । ‘हामी कानुनी रूपमा त बलिया छौँ नै, तर त्योभन्दा बढी विश्वास हामीले आफ्ना साथीहरू (कार्यकर्ता)माथि राख्नुपर्छ । पार्टीभित्रको एकता र भरोसा नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो,’ थापाले भन्नुभयो ।

सरकारका गलत कामको विरोध

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई जिम्मेवार बनाउन शासकीय अराजकताविरुद्ध आवाज उठाउने कांग्रेसको मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठक सुरुवात गर्दै सभापति थापाले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे बोल्नुभएको हो ।

बैठकमा थापाले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाउनुभयो । ‘सरकारका मन्त्रीको सम्पत्तिमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्नु पर्दैन, यो जनताको जान्न पाउने अधिकार हो,’ उहाँले भन्नुभयो ।

त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई सिंहदरबारको कोठामा थुन्न पाइन्छ? के हाम्रो संविधानले यस्तो अनुमति दिन्छ? यस्ता असंवैधानिक र अराजक गतिविधि विरुद्ध कांग्रेसले दह्रोसँग आवाज उठाउनुपर्छ।’

नेपाली कांग्रेस एक राष्ट्रिय शक्ति भएकोले यसको काँधमा ठुलो राष्ट्रिय जिम्मेवारी रहेको थापाले बताउनुभयो । नेपालभित्रका विभिन्न शक्तिहरूसँग संवादको ढोका खोल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले अहिलेको अवस्थामा कांग्रेसका अगाडि मुख्य तीन वटा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । ‘निर्वाचनले हामीलाई प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी दिएको छ, यो हाम्रो संवैधानिक जिम्मेवारी हो,’ थापाले भन्नुभयो, ‘सरकारलाई जिम्मेवार बनाउने र सरकारका गलत काममाथि प्रश्न गर्ने तथा खबरदारी गर्ने काम हाम्रो हो।’

थापाले सरकारको कार्यशैलीमाथि आलोचना गर्दै शासकीय अराजकताविरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले कांग्रेस प्रतिपक्षमा रहेर पनि नागरिकका मुद्दाहरूमा कडा रूपमा उभिनुपर्ने र सरकारलाई बाटो बिराउन दिन नहुने बताउनुभयो ।

प्रदेश सरकारबारे ब्रिफिङ

कांग्रेस सभापति थापाले प्रदेश सरकार गठन र गठबन्धनका सन्दर्भमा पार्टीले लिएको अडानबारे केन्द्रीय कार्यसमितिलाई जानकारी पनि गराउनुभयो ।

सभापति थापाले प्रदेश सभाहरूलाई प्रतिपक्षी विहीन बनाउने कतिपय दलहरूको प्रयासलाई कांग्रेसले रोकेको दाबी गर्नुभयो ।

बैठकमा बोल्दै थापाले प्रदेशमा सबै दल मिलेर सरकार बनाउने र प्रतिपक्षी विहीन सभा बनाउने विषयमा नेपाली कांग्रेसको नेपाली कमयुनिस्ट पार्टी र नेकपा (एमाले)सँग कुरा नमिलेको उल्लेख गर्नुभयो। ‘हामीले स्पष्टसँग भन्यौँ( नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी विहीन प्रदेश सभा बनाउन चाहँदैन,’ थापाले भन्नुभयो, ‘लोकतन्त्रमा बलियो प्रतिपक्ष अनिवार्य हुन्छ, त्यसैले सबै शक्ति सरकारमा ओइरिने कुरामा हामी सहमत हुन सकेनौँ।’

महामन्त्री थापाले कांग्रेसले लिएको यो सैद्धान्तिक अडानपछि मात्र अन्य दलहरूबिच नयाँ ढङ्गले सहमति बनेको बताउनुभयो। उहाँले कांग्रेसले सत्ताको भागबन्डाभन्दा पनि संसदीय प्रणालीको मर्यादा र प्रतिपक्षको भूमिकाको जिकिर गर्नुभयो ।

‘प्रदेश सभाको अंकगणित र गठबन्धनबारे छलफल हुँदा हामीले प्रतिपक्षको भूमिकालाई कमजोर बनाउनु हुँदैन भन्ने अडान राख्यौँ,’ थापाले भन्नुभयो, ‘हाम्रो यो अडानपछि नै अन्य दलहरूबिच फरक खालको सहमति बनेको हो।’

सरकारप्रति निरन्तर खबरदारी

सभापति गगन थापाले सरकारलाई जिम्मेवार बनाउन शासकीय अराजकताविरुद्ध निरन्तर आवाज उठाउने कांग्रेसको मुख्य जिम्मेवारी भएको बताउनुभयो ।

बैठकमा थापाले सरकारका मन्त्रीहरूको सम्पत्तिमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक नभएकोमा प्रश्न उठाउनुभयो । ‘सरकारका मन्त्रीको सम्पत्तिमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्नु पर्दैन? यो जनताको जान्न पाउने अधिकार हो,’ उहाँले भन्नुभयो ।

त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र निकायमाथि हस्तक्षेप भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्त र आयुक्तहरूलाई सिंहदरबारको कोठामा थुन्न पाइन्छ ? के हाम्रो संविधानले यस्तो अनुमति दिन्छ ? यस्ता असंवैधानिक र अराजक गतिविधि विरुद्ध कांग्रेसले दह्रोसँग आवाज उठाउनुपर्छ।’

उहाँले नेपाली कांग्रेस एक राष्ट्रिय शक्ति भएकोले यसको काँधमा ठुलो राष्ट्रिय जिम्मेवारी रहेको संझाउनुभयो। उहाँले नेपालभित्रका विभिन्न शक्तिहरूसँग संवादको ढोका खोल्नुपर्नेमा जोड दिनुभयो।

नेतृत्वले नसुनेको परिणाम

कांग्रेस सभापति थापाले पार्टी र सरकारको कार्यशैलीप्रति असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताउनुभएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकमा थापाले काम गर्ने तरिका ठिक नभएको टिप्पणी नसुन्दा जेनजी आन्दोलन भएको बताउनुभएको हो ।

थापाले भन्नुभयो ‘काम ठिक ढङ्गले सुरु भइरहेको छैन। न कामको गति मिलेको छ, न त काम गर्ने मति नै मिलेको छ। नागरिकहरूले हामीबाट अति धेरै अपेक्षा राखेका थिए, तर ती अपेक्षाहरू पूरा हुन सकेका छैनन्,’ आफूले भदौ ८ गते प्रतिनिधिसभाको बैठकमा आफूले राखेको विचारलाई नै केन्द्रीय समितिको बैठकमा पुनः दोहोर्‍याउँदै भन्नुभयो, ‘त्यो विषय तत्कालीन पार्टी र सरकारको नेतृत्वले सुनेन त्यसले अहिलेको अवस्था आयो । जेनजी आन्दोलन भएर राज्यले क्षति व्यहोर्नुपर्‍यो ।’ उहाँले पार्टीभित्र युवा पुस्ता (जेनजी) र आम नागरिकमा रहेको असन्तुष्टिलाई नेतृत्वले नजरअन्दाज गर्दा अहिलेको अवस्था आएको बताउनुभयो ।

१५ औं महाधिवेशनबारे गगन

आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै थापाले यसलाई समावेशी र सबैको सहभागिता सुनिश्चित हुने गरी सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले पार्टी विधानबारे आफू पूर्ण जानकार रहेको भन्दै कसैको डर वा धम्कीले आफ्नो बाटो नफेर्ने चेतावनी दिनुभयो । ‘म तर्साएर तर्सिन्न र थर्काएर थर्किन्नँ, यो कुरा सबैलाई जानकारी होस्,’ थापाले भन्नुभयो ।

जारी बैठकमा महामन्त्री थापाले नागरिकमा व्याप्त निराशा, आक्रोश र राजनीतिक अन्योलता चिर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने र पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्ने प्रस्तावसमेत राख्नुभएको छ।

 

Share Now