Prakash Adhikari September 21, 2024

 

काठमाडौं, ५ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको रात्रिभोज कार्यक्रम “मिट द सिईओ” सम्पन्न गरेको छ ।

मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागी सबै अभिकर्ताहरुलाई उहाँहरुको लगन र परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कम्पनीले ल्याएको योजनामा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराउनु भयो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दाबढि अभिकर्ताहरु छनौट भएको र मधेश प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको बताउनु हुँदै यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

सहभागीहरुले यस योजनाले अभिकर्ता र सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर दिएको र अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

 

Share Now