
मस्को(रुस), ३ असार (एजेन्सी) । फुटबल विश्वकपमा शनिबार भएको खेलमा दक्षिण अमेरिकी मुलुक पेरू युरोपको डेनमार्कसँग १(०ले पराजित भएको छ।
खेलमा डेनमार्कका लागि युसुफ पउलसेनले ५९ औँ मिनेटमा गोल गर्दै डेनमार्कलाई १(० को अग्रता दिलाएका थिए। उनको सो एक गोल नै निर्णायक हुन गयो । खेलमा डेनमार्क महत्वपूर्ण ३ अंक बटुलेको छ। युसुफले कान्टर एट्याकमा सो गोल गरेका थिए।
खेलको पहिलो हाफमा पेरुले ४५ औँ मिनेटमा पेरूले पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो तर पेनाल्टी गोलपोस्टको बारबाट आकाशिदै गएपछि पेरू निराश हुनपर्यो।
पेरूका क्रिश्चियन चुएभाले सो पेनाल्टी मिस गरेका थिए।
जीतसँगै समूह सी को एक खेल विजेता डेनमार्क समूहको शीर्षस्थानमा पुगेको छ भने पेरू समूहको अन्तिममा पुगेको छ। पेरुले अर्को खेल फ्रान्सविरुद्ध र डेनमार्कले अष्ट्रेलियाविरुद्ध आगामी बिहीबार खेल्नेछ।