
मस्को(रुस),३ असार ।ग्रुप ‘डी’ मा परेका नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले अफ्रिकाकोे फुटबलमा सबल मुलुक नाइजेरियामाथि २(० ले पराजित गरेको छ ।
नाइजेरियाका खेलाडी इटेबोको आत्मघाती गोलको सहयोगले खेलको पहिलो हाफमा १-० ले बढोत्तरी लिएको क्रोएशियाले दोस्रो हाफमा पेनाल्टीबाट दोस्रो गोल गरेको हो।
म्यानडुजिकले गरेको हेड बल क्लिएर गर्ने क्रममा इटेबोको खुट्टामा ‘डिफ्लेक्ट’ हुँदा गोल हुन पुगेको थियो। खेलको ३२ औं मिनेटमा इटेबोले आत्मघाती गोल गरेका हुन्।
त्यस्तै दोश्रो गोल क्रोएशियाका मोडरिकले खेलको दोस्रो हाफको ७१ औं मिनेटमा पेनाल्टी मार्फत गरेका हुन्। नाइजेरियाका एकंगले म्यानडुजिकलाई फल गरेपछि पेनाल्टी पाएको थियो।
े
नाइजेरियाले आगामी खेल आइसल्यान्डसँग खेल्ने छ भने क्रोएशियाले अर्जेन्टिनासँग खेल्नेछ।