
काठमाडौं, असार२९ (एजेन्सी) । २१औं संस्करणको विश्वकप फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा उपाधिको प्रमुख दाबेदार अर्जेन्टिना नवप्रवेशी आइसल्याण्डसँग बराबरीमा रोकिएको छ।
विश्वकपको डेब्युमै उपाधि दाबेदार अर्जेन्टिनासँग १(१ को बराबरी खेल्दै आइसल्याण्डले प्रभावशाली सुरूवात गरेको छ।
कप्तान लियोनल मेसी पेनाल्टीमा चुकेपछि पूर्व उपविजेतासमेत रहेको अर्जेन्टिना बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो।
विश्वकपको डेब्यु खेलमा अंक जोड्दै आइसल्याण्डले नकआउट चरण प्रवेशको सम्भावना देखाएको छ।
खेलको १९ औं मिनेटमा अर्जेन्टिनाले सर्जियो अग्यूरोको गोलमार्फत अग्रता लिएको थियो। त्यसको ४ मिनेटपछि आइसल्याण्डले बराबरी गोल फर्काएको थियो। आइसल्याण्डलका लागि फिन्नबोगसनले गोल गरेका थिए।
पहिलो हाफ १(१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले धेरै मौका पायो। जसमध्ये ६४ औ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।
तर मेस्सीले बाँयातर्फ गरेको प्रहारलाई गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए। तुलनात्मक रुपमा बलियो प्रतिद्वन्दी अर्जेन्टिनाबिरुद्ध आइसल्याण्डले उत्कृष्ट प्रर्दशन गर्यो। डिफेन्समा बलियो देखिएको उसले काउन्टर अट्याकसमेत थुप्रै गोलका अवसर सिर्जना गरेको थियो। ७३ प्रतिशत बल नियन्त्रणमा लिएको अर्जेन्टीनाले प्रहार गरेका १० वटा कडा प्रहार विपक्षी गोल रक्षकले विफल बनाइदिएका थिए।
मेसी लगातार गोलगर्न असफल रहे। ६ वटा बल अन टार्गेटमा थिए। मेस्सी एक्लैका १० वटा प्रयास ब्लक भए। कर्नरसमेत उसले १० वटा पाएको थियो जबकि आइसल्यान्डले दुई वटा मात्रै पाएको थियो।
मेसीले इन्जुरी समयमा डिबक्स छेउ पाएको फ्रिकिकमा समेत गोल गर्न नसकेपछि अर्जेन्टिना नवप्रवेशी आइसल्यान्डसँग अंक बाँड्न बाध्य बनेको हो।